शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

कर्णाली नदीले कटान तीव्र पारेपछि बर्दियाको राजापुर र श्रीलंका गाउँ उच्च जोखिममा

कर्णाली नदीले कटान तीव्र पारेपछि बर्दियाको राजापुर र श्रीलंका गाउँ उच्च जोखिममा

साझा पोष्ट
शनिबार, साउन २१ २०७९
  • images
    कर्णाली नदीले कटान तीव्र पारेपछि बर्दियाको राजापुर र श्रीलंका गाउँ उच्च जोखिममा
    images
    काठमाडौं । कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेको छ । कटानका कारण बर्दियाको राजापुर र टीकापुरको श्रीलङ्का गाउँ जोखिममा परेका छन् । कैलाली र बर्दिया जोड्ने सत्ती पुलको बर्दियातर्फ कटान भएपछि पुल र बस्ती जोखिममा परेको छ । पुलको उत्तरपट्टि करिब २० मिटर माथि गरिएको तटबन्ध भत्किएको र ड्याम भासिएर भत्कन थालेको छ । हरेक वर्ष बर्दियातर्फ भत्कँदै गएको नदीको भँगालो छिर्ने बर्दियातर्फ छिर्ने जोखिम बढेको छ । बर्दियातर्फ नदीको भँगालो पसेमा टीकापुर–८ श्रीलङ्का डुबानमा पर्ने जोखिम छ । त्यहाँ करिब ५० परिवार बस्दै आएका छन् । हजारौं बिघा खेती कटानको जोखिममा छ । श्रीलङ्कामा बस्ती सुरक्षाका लागि सशस्त्र प्रहरीको विओपी छ । त्यहाँ विद्यालय, आधारभूत स्वास्थ्य इकाइ छ, कटान बढेमा त्यहाँका नागरिक अन्यत्र सार्नुपर्छ । नदी बस्तीमा पस्नसक्ने जोखिम रहेकाले त्यहाँका नागरिकलाई उद्धारका लागि नगरपालिकाले तयारी अवस्थामा रहेको जनाएको छ । नदी बर्दियातर्फ पसेमा राजापुर क्षेत्रको जङ्गल र राजापुरका विभिन्न बस्ती र बजारसमेत जोखिममा पर्ने छन् । गत वर्ष पनि कैलाली र बर्दिया जिल्ला जोड्ने हुलाकी राजमार्गमा रहेको यो पुल अवरुद्ध भएपछि ६ दिन बन्द गरिएको थियो । पुलको पूर्व अर्थात् बर्दियातर्फको भाग भासिएपछि आवागमन अवरुद्ध भएकामा मर्मतपछि पुनः सञ्चालन भएको थियो । सत्ती पुल भएर दैनिक सयौँ सवारीसाधन र हजारौँ नागरिक आवतजावत गर्दछन् । नदी कटान भएर बस्ती पसेमा राजापुर–४ को सङ्घर्षनगर, मुक्त कमैया बस्ती, छेदियालगायत दर्जन गाउँमा बाढी पस्ने खतरा बढ्नेछ । जलस्तर बढ्दै गएपछि कर्णालीमा हरेक वर्ष नदी कटान र नदीले धार परिवर्तन गर्ने गरेको छ । पानीको बहाव बढी भएकाले ठूलो बाढी आउनासाथ पुल बगाउने जोखिम छ ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार