शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

प्रचण्डले गरे आणविक बम खसेको हिरोसिमास्थित सङ्ग्रहालयको अवलोकन (तस्बीरसहित)

प्रचण्डले गरे आणविक बम खसेको हिरोसिमास्थित सङ्ग्रहालयको अवलोकन (तस्बीरसहित)

साझा पोष्ट
शनिबार, साउन २१ २०७९
  • images
    प्रचण्डले गरे आणविक बम खसेको हिरोसिमास्थित सङ्ग्रहालयको अवलोकन (तस्बीरसहित)
    images
    काठमाडौं । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसेको हिरोसिमा शहरमा रहेको सङ्ग्रहालयको अवलोकन गरेका छन् । नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान पुगेका प्रचण्डले हिजो जापानको  फुकुओकामा आयोजित नेपाल फेस्टिभलको उद्घाटन गरेका थिए । प्रचण्ड जापानमा हुने विभिन्न कार्यक्रममा सहभागी बन्ने कार्यक्रम रहेको छ । प्रचण्डले हिजो जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आवेको नेपाल भ्रमणका बेला दुई तीन पटक भेट भएको भनेर विवादास्पद अभिव्यक्ति दिएका थिए । तर उनले उक्त अभिव्क्ती सच्याएका छन् । जापानको फुकुवकामा भइरहेको नेपाल फेस्टिभल कार्यक्रममा सम्बोधन गर्दै उनले सिञ्जो आवेसँग विभिन्न माध्यमबाट अनौपचारिक वार्ता हुने गरेको र जापान आएका बेला प्रत्यक्ष भेटेर कुरा गर्नका लागि जापानी दूतावासमार्फत् प्रयास गरेको बताएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार