शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस १७ गते उद्घाटन हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस १७ गते उद्घाटन हुने

साझा पोष्ट
आइतबार, साउन २२ २०७९
  • images
    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस १७ गते उद्घाटन हुने
    images
    काठमाडौं । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस १७ गते उद्घाटन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा आइतबार बबरमहलमा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको संचालक समिति बैठकले पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने निर्णय गरेको हो । प्राधिकरणाका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार उक्त विमानस्थलमा आगामी अक्टोबरमा क्यालिब्रेसन फ्लाइट हुनेछ । झण्डै २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको उक्त विमानस्थलको ९८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले ९८ प्रतिशत भौतिक काम सकिसकेको जनाइएको छ । ‘अब २ प्रतिशत काम भनेको उडान परीक्षण लगायतका स–साना काममात्रै बाँकी रहेको प्रवक्ता निरौलाले बताए । यो परियोजनामा ०७४ कात्तिकदेखि ठेकेदार कम्पनीले विमानस्थल निर्माण सुरु गरेको थियो । पोखरा विमानस्थल बनाउन नेपाल सरकारले चीनको एक्जिम बैंकबाट ऋण लिएको हो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २०० हेक्टर क्षेत्रफलमा निर्माण भएको हो । उक्त विमानस्थल निर्माण भएसँगै मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा अन्र्तराष्ट्रियस्तरसँग सिधा जोडिनेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार