बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा मुछिएका दिलिप विष्टमाथि अर्को यौन दुर्व्यवहारको आरोप

निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा मुछिएका दिलिप विष्टमाथि अर्को यौन दुर्व्यवहारको आरोप

साझा पोष्ट
सोमबार, साउन २३ २०७९
  • images
    निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा मुछिएका दिलिप विष्टमाथि अर्को यौन दुर्व्यवहारको आरोप
    images
    काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको ठाउँ नजिक सोही ठाउँका दिलीप सिंह बिष्टले एक अर्की किशोरीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ। चार वर्षअघि निर्मला पन्त घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । निर्मला हत्याको २५ दिनपछि प्रहरीले भीमदत्त नगरपालिका–२ कै दिलिपसिंह विष्टलाई समातेर अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । त्यसको दुई दिनपछि २६ भदौमा जिल्ला अदालतले उनको संलग्नता पुष्टि गर्ने ठोस प्रमाण नभएको र डीएनए समेत म्याच नभएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनी छुटेका थिए । उनै विष्टले कक्षा १२ मा अध्ययनरत एक किशोरीलाई दुर्व्यवहार गरेको भन्दै पीडित प्रहरीकोमा पुगेका छन्। महेन्द्र माविमा कक्षा १२ मा अध्ययन गर्ने छात्रालाई बिष्टले बाटो ढुकेर यौन दुर्व्यवहार गरेको पीडित पक्षको भनाइ छ। मृत भेटिएकी निर्मलाको साइकल भेटिएको भन्दा करिब ७० मिटर टाढा कल्भर्टमा बिष्टले ती छात्रालाई दुव्यर्वहार गरेको पीडित पक्षको भनाइ छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामसिंह चौधरीले बाटोमा हिड्ने क्रममा प्लस टुमा अध्ययनरत युवतीलाई जिस्काएको गुनासो आएको र सो विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । यसअघि पनि बिष्टले दुव्यर्वहार गरेको भन्दै पटक पटक महिलाहरुले सार्वजनिक रुपमै अभिव्यक्ति दिने गरेका थिए।  

    प्रतिक्रिया हरु
    थप समाचार