बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

मदन पुरस्कारका लागि छानिए यी ८ पुस्तक

मदन पुरस्कारका लागि छानिए यी ८ पुस्तक

साझा पोष्ट
सोमबार, साउन २३ २०७९
  • images
    मदन पुरस्कारका लागि छानिए यी ८ पुस्तक
    images
    काठमाडौं : मदन पुरस्कार गुठीले सर्वश्रेष्ठ सूचीमा परेका ८ पुस्तक छनौट गरेको छ । मदन पुरस्कार गुठीले मदन पुरस्कारका लागि २ सय ९९ मध्ये ८ पुस्तकलाई सर्वश्रेष्ठ सूचीमा छानेको हो । छनौट भएका ८ मध्ये एक पुस्तकलाई २०७८ को सर्वश्रेष्ठ पुस्तकको रुपमा वर्ष पुरस्कार प्रदान गरिने छ । छानिएका पुस्तकमा डा. नवराज लम्सालको अग्नि, बसन्त बस्नेतको महाभारा, सुजित मैनालीको सती : इतिहास र मीमांसा, डा. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, दिपा मेवाहाङ राईको यादको सन्दुक, डा. नयनाथ पौडेलको लिच्छवि लिपि, प्राध्यापक निलमणि ढुङ्गानाको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश र पद्मसुन्दर जोशीको हिति प्रणाली मदन पुरस्कार–२०७८ का लागि छनौट भएका मदन पुरस्कार गुठिले विज्ञप्ती निकालेर जानकारी दिएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार