बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

आगामी डिसेम्बरभित्र सीमापार रेलको सम्भाव्यता अध्ययन गर्न चीनले नेपालमा विज्ञहरु पठाउने

आगामी डिसेम्बरभित्र सीमापार रेलको सम्भाव्यता अध्ययन गर्न चीनले नेपालमा विज्ञहरु पठाउने

साझा पोष्ट
बिहीबार , साउन २६ २०७९
  • images
    आगामी डिसेम्बरभित्र सीमापार रेलको सम्भाव्यता अध्ययन गर्न चीनले नेपालमा विज्ञहरु पठाउने
    images
    काठमाडौं । चीनले आगामी डिसेम्बरभित्र नेपाल चीन सीमापार रेलको सम्भाव्यता अध्ययन गर्न नेपालमा विज्ञहरु पठाउने भएको छ। परराष्ट्रमन्त्री डा नारायण खड्का र उनका चिनियाँ समकक्षी वाङ् यीबीच भएको छलफलमा यस्तो सहमति भएको चिनियाँ परराष्ट्र मन्त्रालयले जनाएको छ। बेइजिङ्‍मा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ् वेनबिनले सीमापार रेलको सम्भाव्यता अध्ययन गर्न सन् २०२२ भित्र रेलको सर्वेक्षण गर्न विज्ञ टोली खटाउने र चीनले खर्च बेहोर्ने सहमति भएको जानकारी दिए । प्रवक्ता वेनबिनले नेपाल र चीनका परराष्ट्रमन्त्रीबीच हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी नेटवर्क (ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क) निर्माण गर्ने सहमति भएको पनि जानकारी दिए। सन् २०१९ को मे महिनामा राष्ट्रपति विद्यादेवी भण्डारी चीन जाँदा नेपाल र चीनबीच ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क अघि बढाउने सहमति भएको थियो। मन्त्री खड्काको चीन भ्रमणमा फेरि उक्त नेटवर्क निर्माण गर्ने सहमति भएको हो। परराष्ट्रमन्त्री खड्का मंगलबारदेखि चीन भ्रमणमा छन्। उनले हिजो चीनको पूर्वी तटीय प्रान्त सान्दोङ्स्थित छिन्दाओ शहरमा स्टेट काउन्सिलर समेत रहेका वाङ्सँग प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गरेका थिए। वार्तामा वाङ्ले केरुङ—रसुवागढी रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान दिने बताएका थिए। त्यसअघि गत चैत दोश्रो साता वाङ् नेपाल आउँदा दुई देशबीच रेलको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहयोग सम्झौतमा हस्ताक्षर भएको थियो।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार