शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर, शैक्षिक योग्यता र चरित्रमा प्रश्न

भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर, शैक्षिक योग्यता र चरित्रमा प्रश्न

साझा पोष्ट
बिहीबार , साउन २६ २०७९
  • images
    भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर, शैक्षिक योग्यता र चरित्रमा प्रश्न
    images
    काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका नायक भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । शैक्षिक योग्यता र चरित्रमा प्रश्न उठाउँदै केसीविरुद्ध मुद्दा दायर भएको हो । उनको बोर्डको अध्यक्षमा नियुक्ति प्रक्रिया बदरको माग गरिएको छ । केसीको शैक्षिक योग्यतादेखि उमेरसम्म विवादास्पद देखिएको, उनीविरुद्ध यौन दुव्र्यवहारको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको भन्दै नियुक्ति प्रक्रिया बदर गर्न रिट निवेदनमा माग गरिएको छ । केसीको शैक्षिक योग्यता प्रमाणपत्र तह उत्तीर्ण मात्र छ । तर, विकास बोर्ड अध्यक्षका लागि स्नातक तह उत्तीर्ण हुनुपर्छ । केसीविरुद्ध अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहले काठमाडौं जिल्ला अदालतमा हालेको दुर्व्यवहारसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा छ । केसीविरुद्ध विकास बोर्डमै पनि दर्जनौं उजुरी परेका छन् । चलचित्रकर्मी नरेश पौडेलसहितले केसीविरुद्ध मुद्दा दायर गरेका हुन् । मुद्धाको साउन ३० गतेका लागि पेसी तोकिएको सर्वोच्चका प्रवक्ता विमलप्रसाद पौडेलले जानकारी दिए । साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । १० जनाले आवेदन दिएकोमा सरकारले केसीलाई नियुक्त गरको थियो । केसीसँगै बोर्डको अध्यक्षका लागि नरेश पौड्याल, अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, सम्झना उप्रेती रौनियार, निर्मलराज ढकाल, मनिष पण्डित, सुचित्रा श्रेष्ठ, सुशील कुमार पोखरेल र सुष्मा कार्कीको उमेदवारी परेको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार