बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

अभिनेता अनुपविक्रम शाही कांग्रेस प्रवेश

अभिनेता अनुपविक्रम शाही कांग्रेस प्रवेश

साझा पोष्ट
बिहीबार , साउन २६ २०७९
  • images
    अभिनेता अनुपविक्रम शाही कांग्रेस प्रवेश
    images
    काठमाडौं । अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन्अभिनेता शाही शुक्रबार बिहान एक कार्यक्रमका बीच काँग्रेस प्रवेश गरेका हुन् । उनलाई गृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाणले पार्टी र नेपाल तरुण दलको सदस्यता दिए । मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्ष महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए । अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि काँग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताए । 'म यसअघि कुनै पनि पार्टीमा आवद्ध थिइन्ँ । पहिलो पटक काँग्रेससँग आवद्ध भएको हुँ,’ शाहीले भने-कांग्रेसले नेपालमा लोकतन्त्रका लागि संघर्ष गरेको भनेर पढ्दै सुन्दै आइयो । बुझ्दै जाँदा अरुभन्दा कांग्रेस नै ठीक लाग्यो ।’ उनले आफू युवा भएकाले तरुण दलमार्फत् युवाका पक्षमा काम गर्न चाहेको बताए। अभिनेता शाहीले द्रव्य, सौर्य, हसियाँ, ठमेल डटकम, हाउ फन्नी, वीर विक्रम, कमलेको विहे, कृ, हुर्रे, लिलिबिली, पुरानो बुलेटलगायत दुई दर्जन बढि चलचित्रमा अभिनय गरेका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार