मंगलबार, वैशाख ११ गते २०८१
Logo
मंगलबार, वैशाख ११ गते २०८१

भारतीय शेयर बजारका बादशाह झुनझुनवालाको निधन

भारतीय शेयर बजारका बादशाह झुनझुनवालाको निधन

साझा पोष्ट
आइतबार, साउन २९ २०७९
  • images
    भारतीय शेयर बजारका बादशाह झुनझुनवालाको निधन
    images
    काठमाडौं । भारतीय सेयर बजारमा ‘बादशाह’ भनेर चिनिने राकेश झुनझुनवालाको निधन भएको छ । उनको ६२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । उनको आइतबार बिहान मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा निधन भएको हो । उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् । हालै उनले आकासा एयरलाइन्समा लगानी गरेका थिए । यो कम्पनीमा २ अर्ब ६४ करोड भारु लगानी गरेका उनले ७० वटा जहाज किन्ने योजना बनाएका थिए ।५ जुलाई १९६० मा मुम्बईमा जन्मिएका झुनझुनवालाले शुरुमा सेयर बजारमा ५ हजार भारु लगानी गरेका र अहिले उनको सम्पत्ति ६ अर्ब डलर रहेको भारतीय संचार माध्यमले जनाएका छन । आयकर अधिकारी पिताकै कारण उनी शेयर बजारमा आकर्षित भएका थिए । झुनझुनवाला पेशाले चार्टर्ड एकान्टेन्ट थिए ।सिडेनहम कलेजमा पढ्दै गर्दा झुनझुनवालाले सन् १९८५ देखि सेयर बजारमा पैसा लगानी गर्न थालेका थिए । फोर्ब्सका अनुसार उनको कुल सम्पत्ति ६ अर्ब डलर अर्थात् ४५ हजार ३२८ करोड भारतीय रुपैयाँ पुगेको छ । उनको सबैभन्दा मूल्यवान सूचीकृत होल्डिङ घडी र गहना निर्माता टाइटन हो  । याे  टाटा समूहको हिस्सा हो । झुनझुनवालाको स्टार हेल्थ इन्स्योरेन्स, मेट्रो ब्रान्ड र कन्कर्ड बायोटेक जस्ता निजी कम्पनीहरूमा पनि सेयर छ । झुनझुनवालालाई भारतको वारेन बफेट भनिन्छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार