बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

नेपालमा उत्पादित चियालाई आफ्नो बजारमा खुल्ला गर्न चीन सहमत

नेपालमा उत्पादित चियालाई आफ्नो बजारमा खुल्ला गर्न चीन सहमत

साझा पोष्ट
सोमबार, साउन ३० २०७९
  • images
    नेपालमा उत्पादित चियालाई आफ्नो बजारमा खुल्ला गर्न चीन सहमत
    images
    काठमाडौं । नेपालमा उत्पादित चियालाई आफ्नो बजारमा खुल्ला गर्न चीन सहमत भएको छ । नेपालका परराष्ट्र मन्त्रीको चीन भ्रमणका बेला चीन नेपाल चियालाई आफ्नो बजार खुला गर्न सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारततर्फ चिया निर्यातमा व्यवसायीलाई अवरोधको हल्ला भइरहेको बेला चीनले नेपाली चियाका लागि आफ्नो बजार खुला गर्ने बताएको हो । नेपाल चिया तथा कफी विकास बोर्डकाअनुसार नेपालले दुई वर्षदेखि नेपाली चियाका लागि चिनियाँ बजार खुल्ला गर्न आग्रह गर्दै आएको थियो । चीनले नेपाली चियाका लागि बजार खुला गरेको बोर्डले जनाएको छ । नेपालको चिया चीनमा निर्यातबारे गत मंसिरमा पठाएको मोडालिटीमा पनि बेइजिङले सहमति जनाएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार