मंगलबार, वैशाख ४ गते २०८१
Logo
मंगलबार, वैशाख ४ गते २०८१

सिंहदरवार परिसरबाट आजदेखि ग्यास चुलोलाई विजुलीले प्रतिस्थापन

सिंहदरवार परिसरबाट आजदेखि ग्यास चुलोलाई विजुलीले प्रतिस्थापन

साझा पोष्ट
बुधबार, भदौ १ २०७९
  • images
    सिंहदरवार परिसरबाट आजदेखि ग्यास चुलोलाई विजुलीले प्रतिस्थापन
    images
    काठमाडौं । आजदेखि सिंहदरबार परिसरमा सिलिण्डर ग्यासलाई प्रतिष्थापन गरिएको छ । खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजदेखि सिंहदरबारभित्र ग्यास सिलिण्डरको प्रयोग गर्न रोक लगाइएको हो । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमै साउन महिनादेखि ग्यास सिलिण्डर विस्थापित गरी विद्युतीय चुलो उपयोग गर्ने घोषणा गरेका थिए । तर पूर्ण रुपमा कार्यान्यन नभएपछि अर्थमन्त्री शर्माले सिंहदरवारका क्यान्टिनको अनुगमन गरी आजदेखि ग्यास सिलिण्डर प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाउन निर्देशन दिए ।   सिंहदरबारमा मन्त्रालय तथा निकायहरुका क्यान्टिनमा ग्यास सिलिण्डरको प्रयोग हुँदै आएको छ । अब त्यहाँ विद्युतीय चुलो प्रयोग हुने छ । यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्रका सबै मन्त्रालय तथा निकायलाई पत्राचार गर्दै आर्थिक वर्ष २०७९ ८० को बजेटको बुँदा नं २५३ प्रभावकारी कार्यान्वयन गर्न र साउन महिनाभित्रै ग्यास सिलिन्डर विस्थापित गरीसक्न निर्देशन दिएको थियो । आगामी असोगदेखि भने महानगर र उपमहानगरपालिका भित्रका सबै सार्वजनिक कार्यालय र निवासलाई ग्यास सिलिण्डर मुक्त गराई विद्युतीय चुलो प्रयोगलाई देशब्यापी बनाउने सरकारको घोषणा छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार