
धनगढी । बैतडीको दशरथचन्द नगरपालिका– ४ बिनासौँमा पासोमा परेर मरेको चितुवाको पेटबाट दुईवटा बच्चा निकालिएको छ।
उद्धारको क्रममा चितुवा मरेको भेटनरी अस्पताल तथा पशु सेवा केन्द्रले जनाएको छ। स्थानीय किसानले बँदेलका लागि थापेको पासोमा चितुवा परेको थियो।चितुवा मरेपछि पोस्टमार्टम गर्दा चितुवाको पेटमा दुईवटा बच्चा रहेको पाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
निकालिएका बच्चा भेटनरी अस्पताल बैतडीमा हेरचाह र रेखदेखमा राखिएको छ। बुधबार पासोमा परेरको चितुवालाई उद्धार गरी भेटनरी अस्पताल लैजाँदै गर्दा मरेको थियो।
मरेको चितुवा सरोकारवालाको रोहबरमा गाडिएको छ।
प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९ १४:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय