शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

‘प्रेमगीत ३’को दोस्रो टिजर नेपाली र हिन्दी भाषामा सार्वजनिक (भिडियो सहित)

‘प्रेमगीत ३’को दोस्रो टिजर नेपाली र हिन्दी भाषामा सार्वजनिक (भिडियो सहित)

साझा पोष्ट
शुक्रबार, भदौ ३ २०७९
  • images
    ‘प्रेमगीत ३’को दोस्रो टिजर नेपाली र हिन्दी भाषामा सार्वजनिक (भिडियो सहित)
    images
    काठमाडौं । चर्चामा रहेको नेपाली फिल्म ‘प्रेमगीत ३’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । हिन्दी भाषामा डब गरि नेपाल र भारतमा एकैदिन सार्वजनिक हुने तयारीमा रहेको फिल्मको दोस्रो टिजर पनि नेपाली र हिन्दी भाषामा सार्वजनिक गरिएको हो । भारतको जि म्यूजिकको यूट्युव च्यानलबाट हिन्दी भाषाको टिजर सार्वजनिक गरिएको हो । यस्तै नेपाली भाषामा ओएसआर डिजिटलको च्यानलबाट सार्वजनिक भएको छ । प्रदीप खड्का र कृष्टिना गुरुङको मुख्य अभिनय रहेको फिल्म आगामी असोज ७ गते नेपाल र भारतमा एकैदिन प्रर्दशनको तयारी रहेको छ । नेपालमा फिल्म हिन्दी भाषामा समेत रिलिज गर्ने निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । हेर्नुहोस टिजर हिन्दी भाषामा : https://www.youtube.com/watch?v=dHuYBB05bYU   हेर्नुहोस टिजर नेपाली भाषामा : https://www.youtube.com/watch?v=9UK06o4yy7U

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार