शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

प्रदीप गिरिको अन्तिम बिदाइ ! (शोकमग्न तस्वीरसहित)

प्रदीप गिरिको अन्तिम बिदाइ ! (शोकमग्न तस्वीरसहित)

साझा पोष्ट
आइतबार, भदौ ५ २०७९
  • images
    प्रदीप गिरिको अन्तिम बिदाइ ! (शोकमग्न तस्वीरसहित)
    images
    काठमाडौं । नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरिएको छ । पशुपति आर्यघाटमा गिरिको शवमा उनका छोरा सन्तोष सिलवाल गिरिले दागबत्ती दिए । कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपाबाट निस्किएको शवयात्रा पशुपति आर्यघाट पुगेसँगै अन्तिम बिदाइ गरिएको हो । समाजवादी चिन्तक तथा सादगी नेता गिरिको अन्तिम बिदाइका लागि हजारौँ शुभेच्छुक, सर्वसाधारण, नेता, कांग्रेस कार्यकर्ता आर्यघाट पुगेका थिए ।   उनलाई कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत सहितले अन्तिम श्रद्धाञ्जली दिँएका छन् । गिरिको अन्तिम बिदाइका क्रममा नेपाल प्रहरीको एउटा टुकडीले अन्तिम सलामी दिएको थियो । सिरहाको बस्तीपुरमा जन्मिएका गिरिएको ७५ वर्षको उमेरमा शनिबार राति मेडिसिटी अस्पतालमा निधन भएको थियो।    

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार