बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

मोरङमा दुई थान पेस्तोल सहित दुइ युवक पक्राउ

मोरङमा दुई थान पेस्तोल सहित दुइ युवक पक्राउ

साझा पोष्ट
सोमबार, भदौ ६ २०७९
  • images
    मोरङमा दुई थान पेस्तोल सहित दुइ युवक पक्राउ
    images
    विराटनगर । प्रहरीले दुई वटा पेस्तोल सहित मोरङमा दुई जना युवकलाई पक्रेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी)  सिक्टी मोरङको टोलीले हतियार बेच्ने र किन्न खोज्ने दुइजनालाई पक्रेको हो ।पक्राउ पर्नेहरुमा सुनवर्षी नगरपालिका–८ का २८ वर्षीय आरिफ आलम र उर्लाबारी नगरपालिका–६ बस्ने २९ वर्षीय नविन धिमाल छन् । बीओपी सिक्टी मोरङका सशस्त्र प्रहरी निरीक्षक नम प्रभाव राई नेतृत्वको टोलीले उनीहरुलाई हतियारसहित पक्राउ गरी रंगेली प्रहरीमा बुझाएको छ । सशस्त्र प्रहरी निरीक्षक राई नेतृत्वको टोलीले भारतबाट नेपालतर्फ आइरहेको मोटरसाइकलमा सवार आलमलाई शंका लागेर खानतलासी गर्दा आईतवार बेलुकी उनको साथबाट अटोमेटिक चाइनिज पेस्तोल र रिभल्बर सिक्सर एक–एक थान बरामद भएको थियो । उनलाई नियन्त्रणमा लिएर बीओपीमा ल्याएर सोधपुछ गर्दा हतियार बेच्न नेपाल आएको खुलेको थियो । त्यसपछि ती हतियार किन्न खोजेका अर्का व्यक्ति नविन धिमाललाई आईतवार राति ८ बजे मोरङको डाम्रभिटा भन्ने स्थानबाट सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको थियो । धिमालले प्रयोग गरेको को २२प ६७०७ नम्बरको मोटरसाइकल, ४७ हजार ७७० रुपैयाँ र दुई थान मोबाइल सेटसमेत बरामद गरेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको रंगेली प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार