शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

काठमाडौं महानगर अगाडि फुटपाथ व्यापारीको प्रदर्शन (फोटो फिचर)

काठमाडौं महानगर अगाडि फुटपाथ व्यापारीको प्रदर्शन (फोटो फिचर)

साझा पोष्ट
मंगलबार, भदौ ७ २०७९
  • images
    काठमाडौं महानगर अगाडि फुटपाथ व्यापारीको प्रदर्शन (फोटो फिचर)
    images
    काठमाडौं । फुटपाथ व्यापारीले व्यापार गर्न नपाएको भन्दै काठमाडौँ महानगरपालिकाको कार्यालयमा नाराबाजी गरेका छन् । महानगरले फुटपाथ व्यवस्थापन गर्न साना व्यवसायीलाई हटाएपछि फुटपाथमा व्यपार गर्ने व्यवसायीले महानगरपालिकामा नाराबाजी गरेका हुन् ।   मंगलबार उनीहरूले मेयर बालेन्द्र शाहलाई भेटेर ज्ञापन पत्र बुझाउन खोजेपनि वास्ता नगरेको भन्दै नाराबाजी गरेका हुन् । पछिल्लो समय बानेश्वर आसपास बसेका फुटपाथ व्यापारीलाई महानगरले हटाएपछि उनीहरू आन्दोलनमा उत्रेका हुन् ।   फुटपाथ व्यापारीले हामी बाँच्न पाउने अधिकार सुनिश्चित गर, रोजगारीको ग्यारेन्टी गर, फुटपाथ व्यवसायीको व्यवस्थापन गर, गाँसबासको ग्यारेन्टी गर जस्ता नारा लगाएका थिए ।   फुटपाथ व्यापारीले सडक किनारामा स्वरोजगार गरिरहेका सम्पूर्ण श्रमिकहरूको राज्यले अभिलेखीकरण गरी परिचयपत्र उपलब्ध गराउनुपर्ने समेत माग गरेका छन् ।    

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार