बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

पहिले आफूले नसक्ने अहिले मेरो काँधमा बन्दुक राखेर पड्काउन खोज्नुको अर्थ छैन

पहिले आफूले नसक्ने अहिले मेरो काँधमा बन्दुक राखेर पड्काउन खोज्नुको अर्थ छैन

साझा पोष्ट
मंगलबार, भदौ ७ २०७९
  • images
    पहिले आफूले नसक्ने अहिले मेरो काँधमा बन्दुक राखेर पड्काउन खोज्नुको अर्थ छैन
    images
    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश नामाकरणका सन्दर्भमा अहिलेका मुख्यमन्त्रीको काँधमा बन्दुक राखेर पड्काउन खोजेको टिप्पणी गरेका छन् । मंगलबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको छलफलमा बोल्दै उनले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश १ को नामकरण टुंगो लगाउन नसकेर प्रदेशलाई नै जिम्मा लगाएकभन्दै अहिलेको मुख्यमन्त्रीको काँधमा बन्दुक राखेर पड्काउनुको अर्थ नरहेको बताए । यसअघिका सरकारले पहिचानका आधारमा प्रदेशको नामकरण गर्ने कुरा पहिल्यै उठिसकेको भन्दै आलोचना खेप्न नसकेर अरुलाई जिम्मा लगाएको मुख्यमन्त्री राइको दाबी थियो । संविधानमा नाम टुंग्याउने विषयमा केन्द्रको निर्देशनको परिकल्पना र ह्वीपको परिकल्पना नरहेको राईले बताए । ‘नाम टुंग्याउने विषयमा केन्द्रको निर्देशनको परिकल्पना छैन । ह्वीपको परिकल्पना पनि छैन । ४ वटा विषयमा ह्वीप लाग्ने भन्ने जुन मान्यता छ, त्यसमा पनि यो विषय पर्दैन, राईले भने, ‘तेस्रो नेताले आफूले नसकेर तल पठाउने अनि अहिले पछि बसेर अर्काको काँधमा बन्दुक राखेर पड्काउन खोज्ने, यस्तो कुरा पनि गर्ने ? त्यति बेला घोषणा गर्न नसक्ने, आलोचना खेप्न नसक्ने, अहिले मुख्यमन्त्रीलाई अघि होमिदिएर त्यसको आलोचना मैले खेप्नुपर्ने ?’ मुख्यमन्त्री राईले संघीयताभित्र प्रदेश संरचना निर्माण भइसकेपछि विकासको तानाशाहीकरण भएको समेत आरोप लगाए । उनले संघीय मन्त्रीहरुले एउटा प्रदेशको भन्दा ५, ६ गुणा बढी बजेट राखेको उनको भनाई थियो । उनले जिल्लारजिल्लामा संघीय सरकारले भन्दा प्रदेश सरकारले बढी योजना बनाएको दाबी गरे । संघको नेतृत्वले आफैं अधिकार र बजेट लिएर प्रदेश सरकार र स्थानीय सरकारलाई निम्छरो बनाइ आलोचना गरिरहेको मुख्यमन्त्री राईको आरोप छ । उनले पर्याप्त बजेट र अधिकार नदिँदा पनि प्रदेश सरकारको योजना संघीय सरकारको भन्दा बढी रहेको भन्दै प्रदेशमा नै आएर योजना गणना गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिए । मुख्यमन्त्री राईले संघ सरकारले अधिकार र बजेट पर्याप्त नदिँदा पनि प्रदेशले आफूले राम्रो काम गरेको उल्लेख गर्दै अनावश्यक समीक्षा र आलोचना नगर्न चेतावनी दिए ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार