शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

हर्क सामपाङले प्रचण्डलाई धरानमा ढुंगा बोक्न बोलाएका थिए तर रुख रोपेर फर्के (भिडियोसहित)

हर्क सामपाङले प्रचण्डलाई धरानमा ढुंगा बोक्न बोलाएका थिए तर रुख रोपेर फर्के (भिडियोसहित)

साझा पोष्ट
शुक्रबार, भदौ १० २०७९
  • images
    हर्क सामपाङले प्रचण्डलाई धरानमा ढुंगा बोक्न बोलाएका थिए तर रुख रोपेर फर्के (भिडियोसहित)
    images
    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले केही दिनअघि काठमाडौ आएका बेला प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धरान निमन्त्रणा गरेका थिए । उनले धरानको विकास गर्न होइन, विकास गर्नका लागि ढुंगा बोक्न बोलाएका हुन् । साम्पाङ दैनिकजसो वृक्षा रोपण, खानेपानीको मुहान सरसफाइ, त्यसका लागि पाइप विच्छ्याउने लगायत काममा आफूलाई व्यस्त राखेका छन् । त्यसैले उनले काठमाडौं आएका बेला पनि मुख्य दलका शीर्ष नेतालाई निमन्त्रण गरेका थिए । उनको निम्तोलाई स्वीकार गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज शुक्रबार धरान पुगे । प्रचण्ड बिहान जहाजबाट विराटनगर उत्रिएपछि धरान पुगेर वृक्षारोपण गरेका हुन्। प्रचण्ड सर्दुखोला जलाधार क्षेत्रमा पुगेर साम्पाङले भने जस्तो ढुंगा त बोकेनन् तर विरुवा रोपे । विरुवा रोप्ने क्रममा धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम वेघा पनि सहभागी भए। धरान पुगेर उनले बृक्षा रोपक्षमा सहभागि भए । प्रचण्ड धरान पुगेर प्रदेश १ को केन्द्रीय कमिटी सदस्यहरुको बैठकमा सहभागी हुनेछन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार