शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

अधिकांश शहर व्यवस्थित र योजनावद्ध हिसाबले बनेनन : देउवा

अधिकांश शहर व्यवस्थित र योजनावद्ध हिसाबले बनेनन : देउवा

साझा पोष्ट
शनिबार, भदौ ११ २०७९
  • images
    अधिकांश शहर व्यवस्थित र योजनावद्ध हिसाबले बनेनन : देउवा
    images
    बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थित सहरीकरण, सुविधा सम्पन्न आधुनिक सहरी विकास र दिगो पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार उद्घाटन गर्दै उनले सुविधा सम्पन्न सहरी विकास र पूर्वाधारले आर्थिक विकासमा समेत सघाउने बताए । ‘व्यवस्थित सहरीकरण सुन्दर, स्वस्च्छ, दिगो हुन्छ । आर्थिक गतिविधि बढाउन पनि सहज हुन्छ,’ देउवाले भने । देउवाले नेपालका अधिकांश सहरहरू व्यवस्थित र योजनावद्ध हिसाबले नबनेको बताए । प्रधानमन्त्री देउवाले अव्यवस्थित सहरका कारण स्वास्थ्य विपद् लगायत सामाजिक विकृतिहरु निम्त्याउने बताए । प्रधानमन्त्री देउवाले सभाहल संचालनले बुटवलको आर्थिक विकास र सामाजिक गतिविधि बढाउन धेरै सहयोग पुग्ने बताए । सभाहलको बढीभन्दा बढी उपयोग गर्न सके राष्ट्रिय अन्तर्राष्ट्रिय सभा सम्मेलन बढ्ने र त्यसले यहाँको दिगो विकास हुने उनले बताए। ‘सभाहलको जति उपयोग गर्नसक्यो त्यति आम्दानी हुन्छ । यस क्षेत्रको आर्थिक क्रियाकलाप बढाउन सहयोग गर्नेछ,’ उनले भने । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीमा सुरु योजनाहरू एकपछि अर्को गर्दै पूरा हुँदै र व्यवस्थित हुँदै गएको बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको संचालनपछि सभाहल बनेकाले यहाँ बढीभन्दा बढी राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रम हुने र यस क्षेत्रको आर्थिक क्रियाकलाप बढाउने बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार