शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

संघीय मन्त्रीहरुले गरे सिसडोल क्षेत्रको अुनगमन (फोटोफिचर)

संघीय मन्त्रीहरुले गरे सिसडोल क्षेत्रको अुनगमन (फोटोफिचर)

साझा पोष्ट
आइतबार, भदौ १२ २०७९
  • images
    संघीय मन्त्रीहरुले गरे सिसडोल क्षेत्रको अुनगमन (फोटोफिचर)
    images
    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले काठमाण्डौ उपत्यकाको फोहोर विसर्जन गरिने सिसडोल क्षेत्रको अुनगमन गरेका छन् । विहान दुई जना मन्त्रीले एकसाथ त्यस क्षेत्रका नागरिकको समस्या र बाटोको अवस्थाबारे जानकारी लिएका हुन् । उनीहरुले पासाङल्हामु सडकखण्डअन्तर्गतको मुड्खु–तिनपिप्ले सडक खण्डको निरीक्षण गर्दै अबको चार महिनाभित्र निर्माण सम्पन्न हुने आश्वासन दिएका छन् । स्थानीयले सडक कालोपत्रेको माग राख्दै बारम्बार सडक बन्द गर्दै आइरहेका थिए । अब फास्ट ट्रयाकबाट चार महिनाभित्र सडक निर्माण कार्य सम्पन्न गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले दाबी गरेका छन् । सडकखण्डको अनुगमनपछि मन्त्री राईले चार महिनाभित्र काम सम्पन्न हुने बताएका हुन् । ‘आज चार दिन भइसको छ, १२–१४ दिनमा सम्झौतासमेत भइ काम सुरुवात हुन्छ र चार महिनाभित्र यो काम सम्पन्न हुन्छ, मन्त्री राईले भने, ‘बाटोले गर्दा सार्वजनिक यातायात नचल्ने, यहाँका आम नागरिकहरु सबैसँग आफ्नो साधन नहुने, उपत्यकाकै छेउमा बसेर पनि अपायक जस्तो ठाउँमा, कर्णालीको जस्तो महसुश गरेको जुन थियो, त्यो समस्या समाधान गरौँ, हामी पनि बुझौँ भन्ने हिसाबले आएको हो ।’ त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले पनि धेरै अगाडीदेखि बिचल्लीमा परेको उक्त सडकखण्ड अब छिटै निर्माण हुने र नागरिकले पाइरहेको सास्तीको अन्त्य हुने बताए । ठेक्का लिने तर काम नगर्ने प्रवृत्तिलाई अन्त्य गर्ने उनको भनाई छ । यसअघि शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको उक्त सडकमा काम नभएपछि आठ वर्षदेखि अलपत्र अवस्थामा छ । उक्त सडकको पुरानो ठेक्का सरकारले तोडिसकेको छ । मन्त्रालयले नयाँ ठेक्काका लागि केही दिनअघि सूचना प्रकाशन गरेको छ । अब ठेक्का पाउने ठेकेदार कम्पनीले चार महिनाभित्र सडक निर्माणको काम सक्नुपर्ने छ । ठेक्का प्रक्रिया लगाउनुअघि मन्त्री उक्त सडकको अवलोकन गर्न आइतबार त्यहाँ पुगेका हुन् ।    

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार