शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

कोहलपुरमा पनि भत्काउन थालियो अनधिकृत संरचना

कोहलपुरमा पनि भत्काउन थालियो अनधिकृत संरचना

साझा पोष्ट
सोमबार, भदौ १३ २०७९
  • images
    कोहलपुरमा पनि भत्काउन थालियो अनधिकृत संरचना
    images
    बाँके । बाँकेको कोहलपुर नगरपालिकाले पनि अतिक्रमित संरचना भत्काउन शुरु गरेको छ। कोहलपुर नगर विकासको जमिन अतिक्रमण गरेर व्यापार गर्दै आएको न्यूरोड कोहलपुर खाजा घरबाट अभियानको सुरु गरिएको हो । अनधिकृत संरचना भत्काउन डोजर लिएर आफैं पुगेका कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले कोहलपुरलाई सुन्दर बनाउने उद्देश्यअनुरुप काम थालिएको बताए। कोहलपुरको सुन्दरता कायम राख्न अवैध संरचना बाधक भएकाले भत्काएको उनको भनाइ छ। अतिक्रमित तथा अव्यवस्थित रुपमा व्यापार सञ्चालन गर्दै आइरहेका संरचना हटाउँदा विरोध हुन सक्ने भन्दै बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ। बसपार्क क्षेत्रमा बनेका संरचना भत्काउन पुग्दा त्यहाँ स्थानीय व्यावसायीहरुले आन्दोलन गरेका छन्। उनीहरूले आफूहरूलाई अन्यत्र व्यवस्थापन गरेर मात्र भत्काउन माग गरेका छन्। यसअघि कोहलपुरका अनधिकृत संरचना हटाउन नगरपालिकाले ३५ दिने सूचना जारी गरेको थियो।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार