बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

चट्याङ लागेर एउटै गाउँका तीन जनाको मृत्यु

चट्याङ लागेर एउटै गाउँका तीन जनाको मृत्यु

साझा पोष्ट
सोमबार, भदौ १३ २०७९
  • images
    चट्याङ लागेर एउटै गाउँका तीन जनाको मृत्यु
    images
    काठमाडौं । चट्याङ लागेर रौतहटमा एउटै गाउँका तीन जनाको मृत्यु भएको छ । रौतहटको गरुडा नगरपालिका ३ मलाही टोलमा खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन महिलाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा मलाही गाउँकै १८ वर्षीय मनिषा कुमारी, ३९ वर्षीय सुदनीया देवी र ७० वर्षीय जगिया कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी बरुण सिंहले जानकारी दिए । मृतक मध्ये सुदनीया र जगिया एउटै परिवारको रहेको डीएसपी सिंहले जानकारी दिए । खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा सँगै रहेकी ४० वर्षीया सैलीदेवी सामान्य घाइते तथा एक दर्जन बढी महिला चट्याङबाट प्रभावित भएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार