शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

भारतका गौतम अडानी विश्वकै तेस्रो धनी व्यक्ति

भारतका गौतम अडानी विश्वकै तेस्रो धनी व्यक्ति

साझा पोष्ट
मंगलबार, भदौ १४ २०७९
  • images
    भारतका गौतम अडानी विश्वकै तेस्रो धनी व्यक्ति
    images
    काठमाडौं । भारतीय अर्बपति गौतम अडानी विश्वकै तेस्रो धनाढ्य बनेका छन् । फ्रान्सका व्यापारी बर्नार्ड अर्नाल्टलाई पछि पार्दै अडानी समूहका अध्यक्ष अडानीले यो स्थान हासिल गरेका हुन् । विश्वका धनीहरुको सूचीमा अहिले टेस्लाका सीईओ एलोन मस्क र अमेजनका संस्थापक जेफ बेजोस मात्र अगाडि छन् । अडानी यो उपलब्धि हासिल गर्ने एसियाकै पहिलो व्यक्ति हुन् । भारतका मुकेश अम्बानी सूचिको चौथो स्थानसम्म पुगेका थिए । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार ६० वर्षीय अडानीको कुल सम्पत्ति १३७.४ बिलियन डलर पुगेको छ । यो वर्ष उनको कुल सम्पत्ति ६०.९ अर्ब डलरले बढेको छ । फेब्रुअरीमा मुकेश अम्बानीलाई उछिन्दै उनी एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका थिए । अप्रिलमा उनको कुल सम्पत्ति १०० अर्ब डलर नाघेको थियो र गत महिना उनी माइक्रोसफ्टका बिल गेट्सलाई उछिन्दै विश्वका धनीहरुको सूचीमा चौंथो नम्बरमा पुगेका थिए । विश्वका धनीहरूको सूचीमा २५१ अर्ब डलरको सम्पत्तिसहित मस्क पहिलो र १५२ अर्ब डलरको सम्पत्तिसहित बेजोस  दोस्रो स्थानमा छन् । मुकेश अम्बानी ९१.९ बिलियन डलरको कुल सम्पत्तिका साथ विश्वका धनीहरुको सूचीमा ११ औं स्थानमा छन् ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार