बिहीबार , वैशाख ६ गते २०८१
Logo
बिहीबार , वैशाख ६ गते २०८१

फनपार्कलाई महानगरको २४ घन्टे अल्टिमेटम, कर नतिरे बन्द गरिदिने चेतावनी

फनपार्कलाई महानगरको २४ घन्टे अल्टिमेटम, कर नतिरे बन्द गरिदिने चेतावनी

साझा पोष्ट
बुधबार, भदौ १५ २०७९
  • images
    फनपार्कलाई महानगरको २४ घन्टे अल्टिमेटम, कर नतिरे बन्द गरिदिने चेतावनी
    images
    काठमाडौं ।काठमाडौं महानगरपालिकाले प्रर्दशनी मार्गमा रहेको काठमाडौं फन पार्क प्रालिलाई २४ घन्टे अल्टिमेटम दिँदै कर तिर्न ताकेता गरेको छ । व्यवसाय सञ्चालन गरेर वर्षौंदेखि कर नतिरेको भन्दै काठमाडौं महानगरपालिकाले काठमाडौं फनपार्कलाई कर तिर्न निर्देशन दिएको हो ।बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको छ । तोकिएको अल्टिमेटम भित्र कर नतिरे फनपार्क शिलबन्दी गरी असुल उपर गरिने चेतावनी पनि महानगरले दिएको छ । महानगरका राजस्व विभाग प्रमुख डा। शिवराज अधिकारीले पठाएको पत्रमा भनिएको छ, ‘व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरको राजस्व विभागमा २४ घण्टा भित्रै बक्यैता र जरिवाना रकम तिर्न जानकारी गराइन्छ ।’ ‘फन पार्कले ७ वर्षदेखि कर तिरेको छैन,’ महानगरका राजस्व विभाग प्रमुख अधिकारीले भने,‘ भोलि बेलुकासम्म बक्यौता कर नतिरे बन्द गर्ने चेतावनी दिएर आएका छौं ।’ समाज कल्याण परिषद्‍को जग्गा भाडामा लिएर वर्षौंदेखि व्यवसाय गर्दै आएको फनपार्कले महानगरपालिकालाई तिर्न र बुझाउनुपर्ने कर तिरेको छैन । समाजकल्याण परिषद्को स्वमित्वमा रहेको क्षेत्रमा काठमाडौं फनपार्क पार्क प्रालिले भाडामा भौतिक संरचनाहरु निर्माण गरेर खेल गतिविधि सञ्चालन गर्दै आएको छ ।काठमाडौं फनपार्क नेपाली कांग्रेसका नेता एवं पूर्वश्रमराज्य मन्त्री टेकबहादुर गुरुङको कम्पनी हो ।सामाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्री न्यौापने र टेकबहादुर गुरुङसहित १४ जनाविरुद्ध यस अघि भ्रष्टाचार मुद्दा समेत दायर गरेको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार