बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

इसेवाले ल्यायो ‘मेरो यात्राको साथी’अफर

इसेवाले ल्यायो ‘मेरो यात्राको साथी’अफर

साझा पोष्ट
शुक्रबार, भदौ १७ २०७९
  • images
    इसेवाले ल्यायो ‘मेरो यात्राको साथी’अफर
    images
    काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवाप्रदायक इसेवाले आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै ‘मेरो यात्राको साथी’ अफर  सार्वजनिक गरेकाे छ । अफर अन्तरगत यात्रा गर्दा विभिन्न सेवामा आकर्षक क्यासब्याक पाइनेछ । अफरमा हवाईजहाज टिकेटिङ, बस टिकेटिङ, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाईजहाज टिकेटिङमा आकर्षक अफर सामेल छन । यसका साथै यो सेवाप्रयोग गर्ने एक भाग्यमानी प्रयोगकर्ताले बम्पर उपहार स्वरुप नयाँ सुजुकी एभेनिस स्कुटर पाउनेछन । पहिलो पटक हवाइ जहाज टिकट किन्नेका लागि थप ३% अथवा  ३००  सम्म क्यासब्याक प्राप्त हुनेछ । जसका लागि प्रोमोकोड 'NAYA' प्रयोग गर्नुपर्नेछ । यस्तै ३ वटा टिकट खरिद गर्दा थप १ सय ५० रुपैयाँ पाइनेछ । यसका लागिप्रोमोकोड थ्रीपावर (3power)उल्लेख गर्नुपर्नेछ । यस्तै इसेवामार्फत भदौ १६ गतेदेखि एक महिनासम्म होटल बुक गर्दा २० प्रतिशत छुट मिल्नेछ । होटल बुक गर्दा भदौ २२ र असोज १ गते १ बजेदेखि १ः३० बजेसम्म आधाघण्टाका लागि ५० प्रतिशत अथवा ४ हजारसम्म छुट पाईनेछ । यस्तै भदौ १९, भदौ २२ र असोज २ गते बुक गर्दा एक भाग्यशाली जोडीले ५ हजार रुपैयाँ बराबरको होटलमा बस्न पाउनेछन् । यस्तै अफर अन्तरगतबसको टिकट काट्दा हरेक दिन एक जनाले २ सय प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसैगरी अन्तर्राष्ट्रिय हवाइ टिकट खरिदमा हरेक आइतबार बेलुकी ४ देखि ५ बजेसम्म ५ प्रतिशत तथा २५ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्तगर्न सकिनेछ । यो अफर असोज १६ गतेसम्म लागूहुनेछ । सेवाग्राहीले दिइएको प्रोमो कोडको अनिवार्य प्रयोग गर्नुपर्नेछ । इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरी ६० लाख भन्दा बढी ग्राहकलाई एप्स् मार्फत सेवा दिइरहेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार