शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

पार्टीको गुटबन्दीका कारण हैरान भएको छु : प्रचण्ड

पार्टीको गुटबन्दीका कारण हैरान भएको छु : प्रचण्ड

साझा पोष्ट
शुक्रबार, भदौ १७ २०७९
  • images
    पार्टीको गुटबन्दीका कारण हैरान भएको छु : प्रचण्ड
    images
    सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक गुटबन्दीका कारण पार्टी चुनावमा पछि परेको दावी गरेका छन् । अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनमा प्राप्त मतपरिणामबारे बोल्दै पार्टीका उम्मेदवारले जति मत ल्याए त्यसबाट सन्तुष्ट हुन नसकिने बताए । शुक्रबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले स्थानीय चुनावमा पार्टीले १७५ पालिका जित्ने आकलन गरिएको सुनाए । तर १२२ मा सिमित भएको भन्दै उलने भने, ‘आन्तरिक अन्तरविरोध व्यवस्थापन गर्न नसक्दा ५० भन्दा बढी जितेका सिट गुमायौं ।’ कार्यकर्ताका कारण नभई नेताहरुका कारण निर्वाचन हारिएको प्रचण्डको भनाइ थियो । प्रचण्डले पार्टीमा विचार समूह एउटै रहेको र नेतृत्वमा पनि कसैको विमती नरहेको भए पनि थुप्रै गुटहरु बनेको बताए । यो गुटभन्दा पनि स्वार्थ समूह भएको र पदका लागि गठजोड भएको भन्दै प्रचण्डले भने, ‘कार्यकर्ता लेभलमा छैन, नेताहरुमा छ । नेताहरुको बोली प्रस्तुती हेर्नुभयो भने बुझिहाल्नुहुन्छ ।’ पार्टीको गुटबन्दी देखेर बेलाबला आफू समेत हैरान हुने गरेको प्रचण्डको भनाइ थियो । यस्तो स्वार्थ समूह भएको पार्टी चलाइराख्नुभन्दा माक्सले इन्टरनेशनल विघटन गरे जस्तो गरौं कि भन्ने लाग्ने गरेको प्रचण्डले सुनाएका थिए । उनले भने, ‘प्रचण्डको नेतृत्वमा माओवादी एउटै छ तर भित्रभित्र स्वार्थी गुट छ । म त कर्णालीमा पनि गुटैगुट देख्छु ।'

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार