बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

३ जिल्लाका बाढी प्रभावित १६ वडालाई विपद्‍ संकटग्रस्त क्षेत्र घोषणा गरियो

३ जिल्लाका बाढी प्रभावित १६ वडालाई विपद्‍ संकटग्रस्त क्षेत्र घोषणा गरियो

साझा पोष्ट
शनिबार, भदौ १८ २०७९
  • images
    ३ जिल्लाका बाढी प्रभावित १६ वडालाई विपद्‍ संकटग्रस्त क्षेत्र घोषणा गरियो
    images
    काठमाडौं । सरकारले सप्तकोसी नदीमा आएको बाढीबाट प्रभावित तीन जिल्लाका १६ वटा वडालाई विपद्‍ संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयले गत साउन १७ मा सप्तकोसी नदीमा आएको बाढीबाट प्रभावित उदयपुर, सुनसरी र सप्तरीका ४ वटा नगरपालिकाका १६ वडालाई २०७९ पुस मसान्तसम्मका लागि विपद्‍ संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । उदयपुरको बेलका नगरपालिकाका वडा नम्बर १ २, ३, ८ र ९, सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ तथा सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ६, ७ र ९ कञ्चनरुप नगरपालिकाका १, २, ४, ५, ६ र १० नम्बर वडालाई विपद्‍ संकटग्रस्त क्षेत्र घोषणा गरिएको गृह मन्त्रालयले जनाएको छ । विपद्‍ संकटग्रस्त क्षेज्ञ घोषणासँगै यी स्थानबाट सरकारले आवश्यकता अनुसार सरकारी तथा गैरसरकारी कार्यालय, निजी संघसंस्था, शिक्षण संस्थालगायतलाई केही अवधिका लागि बन्द गर्न सक्छ । त्यस्तै खोज र उद्धार कार्यमा कुनैप्रतिकुल असर पर्ने गतिविधि हुन नदिने, यी क्षेत्रमा रहेका संघसंस्थाका कर्मचारीलाई काजमा खटाउन सकिने छ । साउन १७ गते सप्तकोसीको बाढी उदयपुर, सुनसरी र सप्तरीका गाउमा पसेपछि साउन १८ मा त्यहाँका स्थानीय विस्थापित भएका थिए । बाढीबाट सयौं घर डुवानमा परेका थिए । संकटग्रस्त क्षेज्ञ घोषणा गरिएका वडाका सयौं घर डुवानमा परेका थिए । यसअघि सन् २००८ मा पनि कोहीको बाढी मानव बस्तीमा पसेर २ सय ५० बढीले ज्यान गुमाएका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार