शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

नगर प्रहरीले असन, इन्द्रचोक, भेडासिंहलगायत क्षेत्रका फुटपाथ पसल हटाउन थाल्यो (फोटो फिचर)

नगर प्रहरीले असन, इन्द्रचोक, भेडासिंहलगायत क्षेत्रका फुटपाथ पसल हटाउन थाल्यो (फोटो फिचर)

साझा पोष्ट
मंगलबार, भदौ २१ २०७९
  • images
    नगर प्रहरीले असन, इन्द्रचोक, भेडासिंहलगायत क्षेत्रका फुटपाथ पसल हटाउन थाल्यो (फोटो फिचर)
    images
    काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्द्रचोक, असन, भेडासिंहलगायत क्षेत्रमा रहेका सडक किनारका पसल हटाउन निर्देशन दिएको छ। आइतबारनै २४ घन्टे समयसीमा दिएर पसल हटाउन भनेको महानगरले व्यवसायीले अहिलेसम्म पसल नहटाएको भन्दै तत्काल हटाउन पुनः सम्झाएको हो। सडकका व्यापार व्यवसायले काठमाडौंको सौन्दर्यता पुरातात्विक धार्मिक एवं पर्यटन समेतलाई असर परिरहेको निष्कर्ष निकाल्दै महानगरले व्यापार व्यवसाय हटाउन लागेको हो। इन्द्रचोक, असन, भेडासिंहलगायत क्षेत्रमा  पछिल्लो समय अव्यवस्थित र भद्रगोल रुपमा सञ्चालनमा भइरहेको पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइसकेको महानगरले आजदेखि फुटपाथमा राखिका पसलहरु पनि हटाउन थालेको हो । काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालिएको हो । असन क्षेत्रमा हिँड्नेहरु लागि फुटपाथमा राखेका पसल भोलि बिहानसम्म हटाउन निर्देशन दिएको पाण्डेले बताए । भोलिसम्म नहटाए गाडी गएर उठाउने नगर प्रहरीले जनाएको छ । त्यसका लागि प्रहरीले व्यापारीहरुलाई माइकिङ गरेर जानकारी गराइरहेको छ ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार