शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

पलले पाए सफाइ, बाल यौन दुरुपयोगको मुद्दामा भने साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति

पलले पाए सफाइ, बाल यौन दुरुपयोगको मुद्दामा भने साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति

साझा पोष्ट
मंगलबार, भदौ २१ २०७९
  • images
    पलले पाए सफाइ, बाल यौन दुरुपयोगको मुद्दामा भने साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति
    images
    काठमाडौं । अभिनेता पल शाहलाई जिल्ला अदातल नवलपुरले बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ । यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ भने अभिभावकलाई पनि सचेत गराएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए । गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग गरिएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार