शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

नेपाल पूर्वाधार सम्मेलन–२०२२ काठमाडौंमा सुरु

नेपाल पूर्वाधार सम्मेलन–२०२२ काठमाडौंमा सुरु

साझा पोष्ट
बिहीबार , भदौ २३ २०७९
  • images
    नेपाल पूर्वाधार सम्मेलन–२०२२ काठमाडौंमा सुरु
    images
    काठमाठौं । नेपाल पूर्वाधार सम्मेलन–२०२२ बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा यो सम्मेलन भएको हो। पूर्वाधार क्षेत्रमा लगानी आकर्षित गर्ने उद्देश्यले ‘विकासका लागि पूर्वाधार’ (इन्फ्रास्ट्रक्चर फर ग्रोथ) नारा सहित आयोजना गरिएको सम्मेलन दुई दिन चल्नेछ । उद्योग परिसंघका अनुसार सम्मेलनमा २५ देशका प्रतिनिधि सहभागी छन् । सम्मेलनले हरित पूर्वाधारको विकासमा जोड दिएको छ । विश्वमा पुँजी अभाव र बढ्दो ब्याजदरका कारण पूर्वाधार क्षेत्रको विकासका लागि स्रोत परिचालन गर्न थप चुनौती थपिएकाले स्थानीय र अन्तर्राष्ट्रिय लगानीकर्तालाई विश्वासमा लिई नवीन वित्तीय ढाँचामा लगानीबारे पनि सम्मेलनमा छलफल गरिनेछ । सम्मेलनमा अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले नेपालको पुर्वाधार विकासमा आन्तरिक लगानीमा जोड दिनुपर्ने बताए। आन्तरिक लगानीमा ध्यान नदिँदा श्रीलंकाजस्तै आर्थिक संकटमा फस्ने उनले  चेतावनी दिए। 'वैदेशिक लगानी तथा ऋणदाताहरुको सहयोगमा भौतिक पुर्वाधारहरुको विकास अगाडि बढाउँदा श्रीलंका समस्यामा पर्‍यो' उनले भने। वाग्लेले भौतिक पुर्वाधारको प्रभाव बढाउन र दिगो विकास हासिल गर्न आन्तरिक लगानीमा प्राथमिकता दिनुपर्नेमा जाेड दिए । 'पूर्वाधार विकास जनता र आर्थिक रूपमा प्रतिफल दिने हुनुपर्छ।' उनले भने, -पूर्वाधार विकासलाई दिगो रूपमा आगाडि बढाउनु पर्छ। समाजमा पूर्वाधार विकासको बारेमा बुझाउनु आवश्यक छ।' उनले कोरोनापछि भौतिक पूर्वाधारमा रहेको कमीलाई देखाएको बताउँदै त्यस पाठलाई मनन गरेर अगाडि बढ्नुपर्ने बताए। यसअघि सन् २०१४ मा पहिलो, २०१७ मा दोस्रो र सन् २०१९ मा तेस्रो पूर्वाधार सम्मेलन आयोजना गरिएको थियो । सन् २०२१ मा नै चौंथो संस्करणको सम्मेलन आयोजना गर्नुपर्ने भए पनि कोडि–१९ महामारीका कारण केही ढिलो गरी सन् २०२२ मा आयोजना आयोजना गरिएको हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार