चलचित्र संघले सोमवार देशभरका हल बन्द गर्ने

काठमाडौं । नेपाल चलचित्र संघले सोमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । चलचित्र निर्माता संघले शुक्रबार मात्रै फिल्म प्रदर्शन गर्ने निर्णय गरेपछि चलचित्र संघले यस्तो निर्णय गरेको हो । शुक्रबार बसेको संघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको महासचिव नरेन्द्र महर्जनले जानकारी दिए ।
सांकेतिक विरोधस्वरुप हल बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । कार्यसमिति बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ ।
कार्यसमिति बैठकपछि जारी विज्ञप्तिमा संस्थाका सदस्यहरुको मानमर्दन हुने गरी अनर्गल आरोप लगाएकोमा सांकेतिक विरोधको कार्यक्रम घोषणा गरिएको जनाइएको छ । त्यसको विरोध गर्न भदौ २७ गते सोमबार हल बन्द गर्ने निर्णय भएको उल्लेख छ ।
फिल्म सेन्सर गर्दा अनावश्यक दुःख दिएको भन्दै अग्रिम बुकिङ नखोलिएको संघको गुनासो छ । । ‘हाम्रा सदस्यमाथि यस प्रकारका अनर्गल आरोप, बाधा र अवरोधहरु कायम रहे अझ कडा आन्दोलनमा जाने चेतावनी पनि दिन्छौं,’ विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९ १७:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय