शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

भारतले कनिका निर्यात रोक्यो, धान चामलमा कर वृद्धि

भारतले कनिका निर्यात रोक्यो, धान चामलमा कर वृद्धि

साझा पोष्ट
शुक्रबार, भदौ २४ २०७९
  • images
    भारतले कनिका निर्यात रोक्यो, धान चामलमा कर वृद्धि
    images
    काठमाडौं। भारतले चामलको कनिका निर्यातमा पूर्ण प्रतिबन्ध लगाउँदै धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि गरेको छ । बिहीबार कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै भारतले बासमतीबाहेकका अरु चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गरेको छ। निर्णय आज शुक्रबारदेखि कार्यान्वयनमा आएको छ। आर्थिक वर्ष २०७८\७९ मा नेपालले ४७ अर्ब ५७ करोड ३६ लाख रुपैयाँको धान, चामल र कनिका आयात गरेको थियो । २९ अर्ब ४ करोड ५७ लाख मूल्य बराबरको ५२ करोड ८३ लाख किलो चामल, १६ अर्ब ९९ करोड मूल्यको ५५ करोड १७ लाख किलो धान र एक अर्ब ५३ करोड मूल्यको ५० करोड ३९ लाख किलो कनिका नेपालले आयात गरेको थियो । भारतको कर वृद्धिको निर्णयले नेपालमा चामलको मूल्य महँगो हुनेछ भने कनिका निर्यातमा लगाइएको रोकले मदीरा उत्पादक उद्योग र दाना उत्पादनमा असर पर्नेछ । भारतले १५० भन्दा बढी देशमा चामल निर्यात गरिरहेको छ। आफ्नो उत्पादन घटेको र विश्वभर खाद्य संकटको अवस्था देखिएकाले आफ्नो बजार मूल्य नियन्त्रण गर्न पनि भारतले धान चामल निर्यातमा रोक लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अहिले अधिकांश ब्रुअरीले चामलबाट बियर बनाउने गर्छन्। आन्तरिक राजस्व विभागका अनुसार भेरी डिस्टिलरी, हिमालयन डिस्टिलरी, कर्णाली डिस्टिलरी, प्रिमियर अर्गानिक्स र एभरेष्ट डिस्टिलरीले कनिकाबाट स्प्रिट बनाउँछन्। कनिका बन्द हुने बित्तिकै यी उद्योगको उत्पादनमा प्रभाव पर्नेछ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार