शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

बाढीपहिरोमा परी दार्चुलामा पाँच जनाको मृत्यु, १० जना बेपत्ता

बाढीपहिरोमा परी दार्चुलामा पाँच जनाको मृत्यु, १० जना बेपत्ता

साझा पोष्ट
शुक्रबार, भदौ २४ २०७९
  • images
    बाढीपहिरोमा परी दार्चुलामा पाँच जनाको मृत्यु, १० जना बेपत्ता
    images
    धनगढी । दार्चुलामा बाढी र पहिरोमा परी पाँच जनाको ज्यान गएको छ । लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो ।१० जना बेपत्ता भएका छ्न । गएरातिको पहिरोमा परी नौगाड गाउँपालिकामा तीन जना मृत्यु भएको छ । नौगाड गाउँपालिका वडा नम्बर १ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना १३ वर्षीया धनुली ठगुन्ना र वडा नम्बर २ का मोहनराम पार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख जगत गाहामगरले जानकारी दिए । नौगाडमा पहिरोले १२ घर पूर्णरुपमा क्षति पुगेको छ । यस्तै लास्कु खोलामा आएको बाढीले महाकाली नगरपालिका–३ डुङुरीका मानमति कार्की र महाकाली नगरपालिका २ का नन्दराम बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।   खोजी भइरहेको छ । नौगाड गाउँपालिकाका उपाध्यक्ष जगतसिंह ठगुन्ना र महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी खत्रीका अनुसार केही घर पुरिएकोले मानवीय क्षति बढी हुन सक्छ । नौगाढमा तीन जना गम्भीर घाईते भएका छन । उनीहरुलाई उपचार गर्न सुर्खेत पठाउने तयारी भैरहेको र हेलिकोप्टर मगाइएको उपाध्उक्ष ठगुन्नाले जानकारी दिए । डुङुरी पावर हाउसमाथिबाट आएको लास्कु खोलाले कार्कीको पसलकम पूरै क्षति गरेको छ । पावर हाउँस बगाएको छ । निर्माणाधीन खार खलङ्गा सडकमा प्रयोग भएको जेसीभी बगाएको छ । महाकाली नदी र लास्कु खोलामा आएको बाढीले खलङ्गा हुँदै दुहुँ व्याँस जोड्ने सडक अवरुद्ध छ । दार्चुला तिङ्कर सडक अन्तर्गत रिङ्गलतालदेखि कलौनभीरसम्म सडक अवरुद्ध भएको छ । दुहुँ गाउँपालिका र महाकाली नगरपालिका जोड्ने यो सडक बगाएपछि यो क्षेत्रमा आवतजावतमा समस्या भएको छ । महाकाली तटबन्ध हुँदै निर्माण गरिएको दार्चुला तिङ्कर सडक पूर्णरुपमा क्षति भएको छ । लास्कु खोलामा निर्माण गरिएको मोटेरबल पुल र झोलुङ्गे पुल बगाएको छ । पुल नहुँदा वारपार गर्न सकिने अवस्था छैन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भोलाबहादुर रावलका अनुसार पाँचवटा जिप, एक ट्रयाक्टर र एक ट्रली बगाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार