शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

चोलेन्द्रशमशेरले नाम लिएका व्यक्तिसँग पनि महाभियोग सिफारिस समितिले बयान लिने

चोलेन्द्रशमशेरले नाम लिएका व्यक्तिसँग पनि महाभियोग सिफारिस समितिले बयान लिने

साझा पोष्ट
मंगलबार, भदौ २८ २०७९
  • images
    चोलेन्द्रशमशेरले नाम लिएका व्यक्तिसँग पनि महाभियोग सिफारिस समितिले बयान लिने
    images
    काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नाम लिएका व्यक्तिलाई पनि बयानका लागि बोलाउने भएको छ । मंगलबार भएको सिफारिस समितिको बैठकमा यसबारे छलफल भएपछि समितिले जबराले नाम लिएका व्यक्तिहरुलाई बोलाउने तयारी गरेको हो । कांग्रेस सचेतक एवं समितिका सदस्य मीन विश्वकर्माले निलम्बित प्रधानन्यायाधी जबराले बयानका क्रममा नाम लिएका व्यक्तिलाई बोलाउने र उठाएका विषयको खोजी गर्ने संचार माध्यमलाई जानकारी दिए । उनका अनुसार पूर्व प्रधानन्यायाधीशहरु, न्यायाधीशहरु, बार एसोसियसनका पदाधिकारी, कानून व्यवसायी र केही राजनीतिक दलका नेतालाई समितिले बोलाउनेछ । आफूमाथि लागेका आरोपको प्रतिवाद गर्ने क्रममा जबराले प्रधानमन्त्री शेरबहादुर देउवा , पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, माधवकुमार नेपाल, डाक्टर बाबुराम भट्टराई,  पूर्वअर्थमन्त्री विष्णु पौडेल, कांग्रेस नेतृ डिना उपाध्याय, पूर्व प्रधानन्यायाधीशरु, सर्वोच्चका बहालवाला न्यायाधीश, बारका अध्यक्ष, पूर्व महासचिव सहित केही कानून व्यवसायीको नाम लिएका छन । बुधवार उनीहरुलाई बयानका लागि बोलाउने तयारी छ । समितिका सदस्य मीन विश्वकर्माले आजै बयान सक्ने र समितिका तर्फबाट सबै काम सके ३० गते अन्यथा भदौ ३१ गतेसम्म सक्ने जानकारी दिए । उनका अनुसार बयानसँगसँगै प्रतिवेदन लेख्ने काम पनि भैरहेको छ । समितिले आज जबरासँग बाँकी आठ प्रश्न सोध्नेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार