बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

चोलेन्द्रशमशेरलाई सोधियो सबै ४३ प्रश्न

चोलेन्द्रशमशेरलाई सोधियो सबै ४३ प्रश्न

साझा पोष्ट
मंगलबार, भदौ २८ २०७९
  • images
    चोलेन्द्रशमशेरलाई सोधियो सबै ४३ प्रश्न
    images
    काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सबै ४३ वटै प्रश्न सोधेको छ । समितिले आइतबारसम्म ३५ वटा प्रश्न गरेको थियो । मंगलबार जबरालाई बाँकी ८ वटा प्रश्न सोधेको हो । अब जबरासँग प्रतिप्रश्न सोध्न बाँकी रहेको समितिले जनाएको छ । प्रतिप्रश्नका लागि बुधबार वा बिहीबार बोलाउने तयारी रहेको समिति सदस्य रेखा शर्माले जानकारी दिइन् । उनीसँग समितिले भदौ १५, १६ र १९ मा बयान लिएको थियो । बयानका क्रममा जबराले आफू निर्दोष रहेको उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, गठबन्धनका नेता तथा सांसद, सहकर्मी न्यायाधीश, नेपाल बार र सर्वोच्च बारका पदाधिकारी, वरिष्ठ अधिवक्ता, पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूमाथि गम्भीर आरोप लगाएका छन् । उनले सर्वोच्च अदालतको भवन ठेक्काका विषयमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व अर्थमन्त्री विष्णु पौडेलको पनि नाम लिएका छन । समितिले जबराले आरोप लगाएका व्यक्तिसँग पनि बयान लिने तयारी गरेको छ । त्यसका लागि पत्र पठाउने तयारी भैरहेको छ । ती व्यक्तिसँग पनि छलफल गरेपछि प्रतिवेदन तयार पारिने छ । ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार