शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

ओलीले भने : लेखेर राख्नोस माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन

ओलीले भने : लेखेर राख्नोस माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन

साझा पोष्ट
मंगलबार, भदौ २८ २०७९
  • images
    ओलीले भने : लेखेर राख्नोस माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन
    images
    पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले थ्रेसहोल्ड नकटाउने दाबी गरेका छन् । नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको मंगलबार पोखरामा उद्घाटन गर्दै ओलीले एकीकृत समाजवादीले तीन प्रतिशत मत कटाउन नसक्ने ठोकुवा गरे । त्यति मात्रै होईन, उनले आफ्नो भविष्यवाणी लेखेर राख्न समेत भने । ‘यो भविष्यवाणी लेखेर राख्नुस्, माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैनन्,’ ओलीले भने–एक सिटसम्म जिताइदिनू ।’ चुनावसम्म पुग्दा माधव नेपालको पार्टीमा खास कार्यकता नै नरहने ओलीको दाबी छ। एकीकृत समाजवादीका अध्यक्ष नेपालले स्थानीय चुनावमा नौ लाख भोट ल्याएको र अबको चुनावमा २० लाख ल्याउने दाबी गरेका बेला ओलीले थ्रेस होल्ड पनि नकटाउने घोषणा गरेका हुन ।   माधव नेपालको पार्टीसँग विचारै नभएको, बरु देश बर्बाद पार्नेमध्ये एक भएको उनले आरोप लगाए । माओवादीप्रति पनि आक्रामक देखिएका ओलीले माओवादीमा प्रचण्ड र उनको परिवार बाहेक कसैलाई फाइदा नपुग्न समेत टिप्पणी गरे ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार