शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ ऋण लिने सरकारको निर्णय

विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ ऋण लिने सरकारको निर्णय

साझा पोष्ट
मंगलबार, भदौ २८ २०७९
  • images
    विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ ऋण लिने सरकारको निर्णय
    images
    काठमाडौं । सरकारले विश्व बैंकबाट यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिब ३५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले २७५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिएका हुन्। मन्त्री कार्कीले सरकारले महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीकरण परियोजनाको लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको पनि बताए।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार