बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

महाभियोग समितिले चोलेन्द्रशमशेरले नाम लिएका वहालवाला न्यायाधीशलाई बाेलायाे

महाभियोग समितिले चोलेन्द्रशमशेरले नाम लिएका वहालवाला न्यायाधीशलाई बाेलायाे

साझा पोष्ट
बुधबार, भदौ २९ २०७९
  • images
    महाभियोग समितिले चोलेन्द्रशमशेरले नाम लिएका वहालवाला न्यायाधीशलाई बाेलायाे
    images
    काठमाडौं ।महाभियोग सिफारिस समितिले बिहीबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपक कार्कीसहित सर्वोच्चका ६ जना न्यायाधीशसँग छलफल गर्ने भएको छ। कामु प्रधानान्यायाधीश दीपक कार्की तथा न्यायाधीश हरिकृष्ण कार्की, आनन्दमणि भट्टराई, ईश्वर खतिवडा, प्रकाशमान सिंह राउत र हरि फुयाँललाई समितिले बोलाएको हो। महाभियोग लागेर निलम्बिनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा उनीहरुलाई पनि विभिन्न आरोप लगाएपछि समितिले यसबारे बोलाएर छलफल गर्ने निर्णय गरेको हो । बिहीबार बिहान साढे ८ बजे कामु प्रधानन्यायाधीशसहित आरोप लगाएका न्यायाधीशहरुलाई बोलाएको समितिका सभापति रामबहादुर विष्टले लागि जानकारी दिए। यस्तै बिहीबार दिउँसो १ बजे पूर्व प्रधानन्यायाधीशहरुलाई पनि समितिले बोलाउने निर्णय गरेको छ। बिहीबार नै दिउँसो ३ बजे सर्वोच्च बार र नेपाल बारका पदाधिकारीसहित चोलेन्द्रले आरोप लगाएका वकिलहरुलाई बोलाउने निर्णय भएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार