शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

दशैंका लागि नयाँ नोट साट्न शुरु

दशैंका लागि नयाँ नोट साट्न शुरु

साझा पोष्ट
बुधबार, भदौ २९ २०७९
  • images
    दशैंका लागि नयाँ नोट साट्न शुरु
    images
    काठमाडौं । दशैंतिहार र छठलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आजदेखि सर्वसाधारणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । नेपाल राष्ट्र बैंकले भदौ २३ गतेदेखि नै बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट उपलब्ध गराएपनि सर्वसाधारणका लागि भने आजदेखि सटही सुविधा शुरु गरेको हो । आफूलाई पायक पर्ने र सहज हुने बैंक तथा वित्तीय संस्था, सहकारी र नेपाल राष्ट्र बैंकको सबै काउन्टरहरुबाट समेत नयाँ नोट साट्न पाइने बैंकले जनाएको छ । प्रतिव्यक्ति एकपटकमा १८ हजार ५०० रुपैयाँसम्म साट्न पाउने व्यवस्था गरिएको राष्ट्र बैंकका मुद्रा व्यवस्था विभागका प्रमुख रेवतीप्रसाद पौडेलले जानकारी दिए । यस वर्ष एकै व्यक्तिले दोहोर्‍याएर साट्न आएपनि कुनै बन्देज नगरिएको उनले प्रष्ट पारे । यस वर्ष राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको सुकिला नोटको व्यवस्था गरेको छ । यतिले नपुगेको थप रकमको व्यवस्थापन समेत गरिने नेपालले जानकारी दिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार