बिहीबार , वैशाख ६ गते २०८१
Logo
बिहीबार , वैशाख ६ गते २०८१

आन्दोलन नरोके पेट्रोलियम ढुवानी व्यवसायीलाई कारबाही गर्ने निगमको चेतावनी

आन्दोलन नरोके पेट्रोलियम ढुवानी व्यवसायीलाई कारबाही गर्ने निगमको चेतावनी

साझा पोष्ट
बुधबार, भदौ २९ २०७९
  • images
    आन्दोलन नरोके पेट्रोलियम ढुवानी व्यवसायीलाई कारबाही गर्ने निगमको चेतावनी
    images
    काठमाडौं । नेपाल आयल निगमले आन्दोलनमा नरोके पेट्रोलियम ढुवानी व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार एक विज्ञप्ति निकालेर निगमले आन्दोलनका सबै कार्यक्रम तत्काल रोक्न र नरोके कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो ।व्यवसायीको आन्दोलनका कारण देशभरका विमानस्थलमा हवाई इन्धन अभाव भएको निगमले जनाएको छ । चाडपर्वको मुखैमा नयाँ उडान थप गर्न र फ्लाइट संख्या बढाउन लागेका विमान कम्पनीलाई निगमले हवाई इन्धन आपूर्ति गर्न नसकिने जानकारी गराउनु परेको पनि निगमले जनाएको छ ।व्यवसायीको माग सम्बोधन गर्न पर्याप्त छलफल गरेको निगमले जनाएको छ ।‘पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्ने घोषणाप्रति निगमको गम्भीर ध्यानाकर्षण भएको छ,’ निगमका वितरण विभाग प्रमुख वीरेन्द्र गोइतले निकालेको विज्ञप्तिमा भनिएको छ ‘विद्यमान कानुन र निगम व्यवसायीको माग पूरा गर्नेसम्बन्धमा गरेको छलफल हेक्का राख्न र आन्दोलनका कार्यक्रम स्थगन गर्न पुनः अनुरोध गर्दछौं ।’ पेट्रोलियम पदार्थको मूल्य बढेअनुसार ढुवानी भाडा समायोजन नभएको भन्दै नेपाली कांग्रेस निकट पेट्रोलियम व्यवसायी आन्दोलनमा छन् । १७ भदौदेखि उपत्यकाबाहिरका विमानस्थलको हवाई इन्धन ढुवानी ठप्प बनाएका उनीहरुले आइतबारदेखि पेट्रोलियम पदार्थको पीडीओ उठाएका छैनन् । उनीहरुले १ असोजदेखि देशैभरको ढुवानी ठप्प पार्नेसहितको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार