शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

महाअभियोग मुद्दा भएकाले फैसला हुनैपर्ने शम्भु थापाको माग

महाअभियोग मुद्दा भएकाले फैसला हुनैपर्ने शम्भु थापाको माग

साझा पोष्ट
बुधबार, भदौ २९ २०७९
  • images
    महाअभियोग मुद्दा भएकाले फैसला हुनैपर्ने शम्भु थापाको माग
    images
    काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पूर्वन्यायाधीश समाज, त्यसका पदाधिकारी र कानून व्यवसायीमाथि लगाएको आरोपको प्रतिवाद गरेका छन । थापाले जबराले प्रयोग गरेका शब्दप्रति खेद पनि व्यक्त गरेका छन् । महाअभियोग सिफारिस समितिले ती शब्द हटाउने निर्णय गर्नुपर्ने उनको माग छ । ‘जस्ता तुच्छ शब्द प्रयोग गर्नुभयो, त्यसले उहाँको हैसियत के रहेछ भन्ने बुझाउँछ ।’ पूर्वन्यायाधीश समाजले बुधबार गरेको कार्यक्रममा थापाले भने, ‘एक दिनमा घुस्याहा बन्न सकिन्छ, तर स्थापित वकिल र निर्भीक न्यायाधीश बन्न समय लाग्छ, तपस्या चाहिन्छ ।’ संविधानको धारा १०१ मा संघीय संसद भनिएकाले पनि चुनावका लागि प्रतिनिधिसभाको कार्यकाल सकिँदैमा महाअभियोग नसकिने उनले तर्क गरे ।वरिष्ठ अधिवक्ता थापाले महाअभियोग मुद्दा भएकाले यसको फैसला हुनैपर्ने माग गरे ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार