शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

माओवादीले समानुपातिक सांसद नदोहोर्‍याउने

माओवादीले समानुपातिक सांसद नदोहोर्‍याउने

साझा पोष्ट
बुधबार, भदौ २९ २०७९
  • images
    माओवादीले समानुपातिक सांसद नदोहोर्‍याउने
    images
    काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक तर्फ यसअघि मौका पाएकालाई नदोहोर्‍याउने भएको छ ।पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । यस्तै स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेकोलाई प्राथमिकता नदिने र सूची पेश गर्दा सम्बन्धित समितिको बैठकले अनिवार्य निर्णय गरेकै हुनैपर्ने निर्णय पनि माओवादीले गरेको छ। ०६३ सालको अन्तरिम संसदमा मौका पाएर पछि नपाएकाले समानुपातिकमा मौका पाउने ठाउँ माओवादीले खुला राखेको छ। निर्वाचन क्षेत्र बाँडफाँडका बारेमा गठबन्धन दलहरूका बीच सकारात्मक दिशामा छलफल भैरहेको र समानुपातिक  प्रतिनिधित्व सूची पेश गरिसकेपछि आगामी असोज ४ गते गठबन्धनको बैठक बसी क्षेत्र बाँडफाँडबारे टुंगो लगाउने समझदारी बनेको पनि प्रचण्डको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार