शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

पहिरोले घर पुरिंदा काभ्रेमा एकै परिवारका तीन जनाको मृत्यु

पहिरोले घर पुरिंदा काभ्रेमा एकै परिवारका तीन जनाको मृत्यु

साझा पोष्ट
बुधबार, भदौ २९ २०७९
  • images
    पहिरोले घर पुरिंदा काभ्रेमा एकै परिवारका तीन जनाको मृत्यु
    images
    काठमाडौं । काभ्रेपलाञ्चोकमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बेथानचोक गाउँपालिका-४ चलालमा बुधबार राति साढे १ बजे पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । काभ्रेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशी ६५ वर्षीया ठूलीमाया तामाङको उपचारका क्रममा र उनका छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया सावित्री तामाङको घटनास्थलमै मृत्यु भएको हाे । ठूलीमायाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ढुंगाखानीका कारण पहिरो गएको हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार