शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

भदौ ३० पछि दर्ता नभएका मोबाइल नचल्ने

भदौ ३० पछि दर्ता नभएका मोबाइल नचल्ने

साझा पोष्ट
बुधबार, भदौ २९ २०७९
  • images
    भदौ ३० पछि दर्ता नभएका मोबाइल नचल्ने
    images
    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ। गैरकानुनी रूपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न यो प्रणाली कार्यान्वयन गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज सूचना निकालेर २०७९ भदौ ३० गतेपछि मोबाइल खरिद गर्दा मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएस प्रणाली (mdms.nta.gov.np)० मा दर्ता भएरनभएको एकिन गरी मात्र खरिद गर्न अनुरोध गरेको छ। ‘मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङरब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न नेपाल दूरसञ्चार प्राधिकरणबाट एमडीएमस प्रणाली लागु गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, प्राधिकरणको सूचनामा भनिएको छ, ‘आज मिति २०७९ भाद्र ३० गतेसम्म विदेशबाट व्यक्तिगत तबरले ल्याइएका मोबाइल सेटलगायत आजको मितिसम्म चालु रहेका सबै मोबाइल सेटहरू स्वतः एमडीएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाइएको छ।’ साथै मोबाइल आयातकर्ता\बिक्रेतालाइ मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितिरण गर्न अनुरोध गरिएको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार