बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

लोसपाका प्रमुख सचेतक उमाशंकर एमाले प्रवेश गर्ने

लोसपाका प्रमुख सचेतक उमाशंकर एमाले प्रवेश गर्ने

साझा पोष्ट
बिहीबार , भदौ ३० २०७९
  • images
    लोसपाका प्रमुख सचेतक उमाशंकर एमाले प्रवेश गर्ने
    images
    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । पूर्व मन्त्री समेत रहेका उमाशंकरले असोज ३ गते लोसपाबाट राजीनामा दिएर असोज ८ गते एमालेमा प्रवेश गर्ने तय भएको उनी निकट एक नेताले बताए । उमशंकरलाई एमालेमा प्रवेश गराउन अध्यक्ष ओली ८ गते धनुषा जाने तय भएको छ । धनुषा क्षेत्र नम्बर २ बाट तत्कालीन संघीय समाजवादी पार्टी (जसपा)बाट निर्वाचित अरगरिया जसपा विभाजन हुँदा लोसपातिर लागेका थिए। उनी ओली नेतृत्वको सरकारमा १८ दिन संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका थिए।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार