शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक

नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक

साझा पोष्ट
शुक्रबार, भदौ ३१ २०७९
  • images
    नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक
    images
    काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रफी सार्वजनिक गरेका हुन् ।राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक बनाइएको ट्रफी सातवटै प्रदेशमा घुमाउने तयारी छ । आज(शुक्रबार)साँझ सुदूरपश्चिम लगिने ट्रफी शनिबार धनगढी रंगशालामा सार्वजनिक गरिनेछ । ट्रफीलाई असोज २३ गते प्रतियोगितास्थल गण्डकी प्रदेशको पोखरामा लगिने छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते पोखरा रंगशालामामा उदघाटन हुनेछ । मूल प्रतियोगिता एक महिनापछि हुने भएपनि यस अन्तर्गतको राष्ट्रिय पुरुष क्रिकेट आज सकिँदैछ । आज फाईलन खेल हुँदैछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार