शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

चोलेन्द्रको चेतावनी : मलाई रोक्न खोज्दा हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ

चोलेन्द्रको चेतावनी : मलाई रोक्न खोज्दा हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ

साझा पोष्ट
आइतबार, असोज २ २०७९
  • images
    चोलेन्द्रको चेतावनी : मलाई रोक्न खोज्दा हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ
    images
    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूलाई अदालत प्रवेश गर्नबाट रोक्दा हुने दुर्घटनाको जिम्मेवारी सरकारले नै लिनुपर्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै सर्वोच्च अदालत छिर्न खोजेका जबराले आफूलाई सर्वोच्च छिर्न नदिने योजना बनाएर सरकार अराजकता तर्फ गएको टिप्पणी गरे । सरकारले नै क्वाटरबाटै बाहिर निस्कन नसक्नेगरी घेरा हालेर प्रहरी खटाएको उनको भनाइ छ । जबराले आफू सर्वोच्च अदालत फर्किने सन्देश पठाएसँगै सर्वोच्च परिसरमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । नेपाल बार एशोसिएसनले जबरालाई सर्वोच्च छिर्न नदिने निर्णय गरेको छ । तर, जबराले भने आफूलाई रोक्न खोजेर सरकारले अराजकता प्रदर्शन गरेको बताएका छन् । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले ९ वटा कारण देखाउँदै निलम्बित प्रधानन्यायाधीश जबरामाथि लगाइएको महाभियोगको प्रस्ताव पुष्टि हुने निष्कर्ष निकालेको छ । तर, जबरा भने संसदको कार्यकाल सकिएसँगै आफ्नो महाअभियोग पनि निष्क्रिय भएको दाबी गरिरहेका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार