बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

समानुपातिक सूची टुंग्याउन माओवादीले कार्यदल बनायो

समानुपातिक सूची टुंग्याउन माओवादीले कार्यदल बनायो

साझा पोष्ट
आइतबार, असोज २ २०७९
  • images
    समानुपातिक सूची टुंग्याउन माओवादीले कार्यदल बनायो
    images
    काठमाडौं । निर्वाचन आयोगमा बुझाउने समानुपातिकको बन्द सूची तयार पार्न नेकपा माओवादी केन्द्रले कार्यदल बनाएको छ । आज बसेको माओवादी पदाधिकारी बैठकले महासचिव देव गुरुङको नेतृत्वमा उपमहासचिव गिरिराजमणि पोखरेल र वर्षमान पुन सदस्य रहेको कार्यदल बनाएको सचिव गणेश साहले जानकारी दिए । आज कार्यदलले काम गरेर बन्द सूचीलाई मिलाएपछि भोलि बिहान बस्ने पदाधिकारी बैठकले अन्तिम निर्णय लिने साहले जानकारी दिए । कार्यदललाई सूची बढाउने\घटाउने, मापदण्ड पूरा भए\नभएको जाँच गर्ने र क्लस्टर मिलाउने जिम्मेवारी दिइएको छ । निर्वाचन आयोगले समानुपातिकको बन्द सूची बुझाउन असोज ३ गतेसम्मको समय दिएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार