बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

साफ महिला फूटबल फाईनल : उपाधि घरमै राख्ने नेपालको लक्ष्य

साफ महिला फूटबल फाईनल : उपाधि घरमै राख्ने नेपालको लक्ष्य

साझा पोष्ट
आइतबार, असोज २ २०७९
  • images
    साफ महिला फूटबल फाईनल : उपाधि घरमै राख्ने नेपालको लक्ष्य
    images
    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य रहेको बताएका छन् । छैटौं संस्करणको महिला साफको फाइनल अघि आइतबार प्रि-म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक थापाले उपाधि ट्रफी घर बाहिर जान नदिने मुख्य लक्ष्य रहेको बताए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भोलि सोमबार हुने फाइनलमा नेपालले बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ । 'यो साफको लागि भावनात्मक र शारीरिक रुपमा धेरै मेहनत गरेका छौँ । साफको स्टार जर्सी लगाउने हाम्रो सपना छ' प्रशिक्षक थापाले भने,'त्यसको लागि जे पनि गर्नेछौँ । चाहे विरामी खेलाडी रिकभरी गरेर हुन्छ की केही गरेर हुन्छ । हाम्रो लक्ष्य नै ट्रफी बाहिर जान नदिने हो ।'मुख्य प्रशिक्षक थापाले उपाधि घरमै राख्ने अवसर खेर  जान नदिने बताए ।'साफको फाइनलमा हुन पाउनु हाम्रो लागि सम्मान हो । हामी यो मौका गुमाउने छैनौँ । हाम्रो समर्थकलाई खुशी हुने अवसर छ । हामी आयोजक राष्ट्र हौँ । हामी च्याम्पियन बन्न चाहन्छौं' थापाले भने । थापाले टिमले सेमिफाइनलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको र टिमले फाइनलमा त्योभन्दा पनि उत्कृष्ट प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए ।‘हामी आउँदो दुई वर्षका लागि विजेता बन्न चाहन्छौं । अर्को संस्करणसम्म हामी उपाधिलाई यही राख्न चाहन्छौं । सेमिफाइनलमा हाम्रा खेलाडीको प्रदर्शनबाट म निकै खुसी छु,’ प्रशिक्षक थापा भन्छन्, ‘र, मलाई थाहा छ उनीहरुले त्यो भन्दा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन् । हामी हाम्रो रणनीति, हाम्रो मिहिनेत र समर्थकबिना यो लक्ष्य पूरा गर्न सक्दैनौं । र, हाम्रो टिममा अहिले यो सबै छ । यसैकारण म निकै विश्वस्त र खुशी छु ।’ प्रशिक्षक थापाले बंगलादेशको टोली राम्रो भएको समेत बताए ।'बंगलादेशको टिम इनर्जी र स्प्रिट राम्रो छ । हामी उनीहरुलाई आदर गर्छौं । पहिलेको भन्दा बंगलादेश नयाँ र बलियो छ ।थापाले  भने, 'हामीसँग अनुभव छ । हाम्रो बलियो पक्ष टिम वर्क हो ।'थापाले फरवार्ड सावित्रा भण्डारी र मन्जली कुमारी योन्जन रिकभरीको प्रोसेसमै रहेको बताए । दुबै जनाले डेंगुको कारण अघिल्ला दुई खेल गुमाएका थिए । नेपाली टोलीका कप्तान एन्जिला सुब्बा तुम्बापोले आफुहरु उपाधिका लागि शारीरिक र मानसिक रुपमा तयार रहेको बताईन् ।'हामी फाइनल खेल्न गैरहेका छौँ । यो पटक मानसिक र शारीरिक रुपमा हामी बलियो छौँ । बंगलादेश पहिलेको भन्दा आज राम्रो छ । भारत भन्दा राम्रो छ । तर, हामी बलियो छौँ' कप्तान एन्जिलाले भनिन्, 'भोलि जित्ने छौँ भन्नेमा विश्वस्त छौँ ।' नेपाली टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले भारतविरुद्ध ऐतिहासिक जित निकाल्दा खुसी रहेको र यही लयलाई कायम राख्ने लक्ष्य रहेको बताइन् । ‘एकदमै खुसी लागेको छ । हामीले पहिलो पटक भारतलाई जित्यौं । हामीले नयाँ कीर्तिमान बनायौं । हामीले एक टिमको रुपमा खेलेर यो सम्भव भएको हो,’ एन्जिलाले भनिन  ‘आउँदो खेलमा पनि हामी यही लयलाई कायम राख्न चाहन्छौं । बोलेरभन्दा पनि गरेर देखाउन बाँकी छ ।’ नेपाल र बंगलादेश पहिलो पटक फाइनलमा खेल्न लागेका हुन ।  यसपटकको विजेता नयाँ हुनेछ । नेपालले यस अघि ४ पटक फाइनल खेलिसकेको छ । तर, फाइनलमा भारतसँग स्तब्ध हुँदै आएको थियो । बंगलादेश भने पहिलो पटक फाइनल खेल्न लागेको हो ।

    प्रतिक्रिया हरु
    थप समाचार