शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

सरकारले फिर्ता बोलायो निलम्बित प्रधानन्यायाधीश जबराका सुरक्षाकर्मी

सरकारले फिर्ता बोलायो निलम्बित प्रधानन्यायाधीश जबराका सुरक्षाकर्मी

साझा पोष्ट
आइतबार, असोज २ २०७९
  • images
    सरकारले फिर्ता बोलायो निलम्बित प्रधानन्यायाधीश जबराका सुरक्षाकर्मी
    images
    काठमाडौं । सरकारले निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ । प्रहरी प्रधान कार्यालयले अगुवा गाडीसहितका सुरक्षाकर्मीहरुलाई फिर्ता गर्ने निर्णय गरेको हो । सुरक्षामा प्रहरी नायव निरीक्षक सईको कमाण्डमा ९ जना सुरक्षाकर्मी खटिएका थिए । जबराको सुरक्षामा अगुवा गाडी पनि दिइएको थियो । गाडी सहितका सुरक्षा अधिकारीलाई फिर्ता बोलाइएको प्रहरी प्रधान कार्यालय श्रोतले जनाएको छ । निलम्बित जबरालाई आज दिनभरी उनकै निवासमा ठूलो संख्यामा प्रहरीको सुरक्षा घेरभित्र राखिएको थियो । जबरा सर्वोच्च अदालत जाने भनेपछि उनलाई आफ्नै निवासमा नजरवन्दमा राखिएको थियो । यसैबीच निमित्त प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दानबहादुर कार्कीले भने निलम्बित प्रधानन्यायाधीश जबरालाई निवासबाट निस्कन नदिइएको विषय अस्वीकार गरेका छन्। आइतबार सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै एसएसपी कार्कीले सुरक्षाको विषयले मात्र प्रधानन्यायाधीशको निवासमा प्रहरी राखिएको बताए। सुरक्षाका कुनै विषय नउठोस् भनेर अन्य दिनभन्दा केही बढी सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ। यसअघि निवासमै रोकिएको भन्ने विषयमा जबराले आक्रोशित हुँदै आफू सर्वोच्च जाने तयारीमा रहे पनि सरकारले निवासमै रोकेको बताएका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार